Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीका नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर


काठमाडौं, वैशाख ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले नायब सुब्बा पण्डित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट नौ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #breaking, #ghus, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट