झापामा तीन पत्रकारमाथि प्रहरीको दुर्व्यवहार
काठमाडौं, ७ वैशाख । समाचार संकलनका क्रममा झापाका तीन जना पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । सो घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ झापा शाखाका अनुसार वैशाख ६ गते बुधबार दमकस्थित ओम मेची अस्पतालमा एक सुत्केरीको मृत्युपछि उत्पन्न परिस्थितिका बारेमा समाचार संकलनका लागि अस्पताल पुगेका महासंघ झापा शाखाका कार्यसमिति सदस्य तथा नयाँ पत्रिका दैनिकका संवाददाता चिरञ्जीवी घिमिरे, सदस्यद्वय गोरखापत्र संवाददाता विष्णुप्रसाद पोखरेल तथा हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदीप अधिकारीलाई इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरेका थिए ।
बिहीबार महासंघका केन्द्रीय महासचिव रोसन पुरीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘सुत्केरीको मृत्युजस्तो संवेदनशील विषयमा समाचार संकलनका लागि जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । संविधानले सुनिश्चित गरेको पत्रकार अधिकार र नागरिको सुसूचित हुने अधिकारमाथि आघात पु¥याउने यस्ता कार्यमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याएर पत्रकारलाई निर्वाध र सुरक्षित रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #fnj
प्रतिक्रिया