Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निहारिका राजपुतले विष सेवनको नाटक गरेपछि….


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा मिट क्याम्पसको छेउमै रहेको डेरामा निहारिका राजपुत अचेत अवस्थामा फेला परेकी छिन् । कुमारी आमाका रूपमा चिनिने उनी बिहीबार अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल लगेको छ ।

स्थानीयले निहारिका डेरामै छटपटाइरहेको भनेर प्रहरीलाई खबर गरेका थिए । डेरामा बस्ने छिमेकीलाई निहारिकाले ‘मलाई विष खुवायो’ भनेर अन्तिम शब्द बोल्दै ढलेको नाटक गरेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले उनले विष नखाएको बताए ।

‘विष सेवन गरेको आशंका गरिएको थियो तर अस्पतालले त्यस्तो केही छैन, अवस्था सामान्य छ’,डीएसपी गौतमको भनाइ छ । निहारिकाले करिब तीन महिनाअघि शिवराजसँग विवाह गरेकी थिइन् । स्रोतकाअनुसार निहारिका र शिवराजको सम्बन्ध बिग्रिन थालेपछि उनले यस्तो नाटक गरेकी हुनसक्छिन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट