राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
पौडेलको उपचारमा संलग्न डाक्टरहरूले आज (बिहीवार) उनको अवस्था सुधार हुँदै गएको जानकारी दिएका नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ । उहाँ उपचारका लागि हिजो (बुधवार) नयाँ दिल्ली गएका हुन् ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो ।
राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया