Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा कीर्तिमानी शतक बनाए


काठमाण्डौं, ८ वैशाख । नेपालका युवा अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा ओमानसँगको खेलमा कीर्तिमानी शतक बनाएका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्कासहित शतक बनाए । कुशल ६४ बलमा १ सय ८ रनमा आउट भए । उनको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।

उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले यसअघि सन् २०२२ मा पपुवा न्युगिनीसँगको खेलमा कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी एकदिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् ।

यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका छन् । आजको खेलमा नेपालको सुरुवात खराब गरेको थियो । नेपालले पहिलो रन २८औँ बलमा जोडेको थियो।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट