Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बालेन्द्र साहविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा जारी


काठमाडौं, ८ वैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानथ सिंह राउतको एकल इजलासमा जारी रहेको छ ।

यस अघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । आज (शुक्रबार) न्यायाधीश राउतको इजलासमा सुनुवाइ भइरहेको सर्वोच्चले जनाएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्चले जनाएको छ । त्यसअघि मङ्गलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।

महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ । साथै तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग अधिवक्ता श्रेष्ठको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #Balen shah

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट