Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले आक्रमण गर्यो


महेन्द्रनगर, ८ वैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घाँस काट्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ।

शुक्रबार बिहान ११ बजे बारीमा घाँस काट्न गएका स्थानीय गंगा चन्दलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले जानकारी दिए।

उनले मान्छे नभेटिएकाले खोजी कार्य तीव्र पारेको बताए। प्रहरीले ड्रोन क्यामेरामार्फत खोजी कार्य गरिरहेको छ। क्यामेरामा बाघ देखिएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट