Techie IT
  • १३ मंसीर २०८०, बुधबार
Jhilko

काठमाडौं उपत्यकामा हावाहुरीसहित मध्यम बर्षा


काठमाडौं, ८  बैशाख । अहिले उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम बर्षा भएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा सामान्य बदली हुनेछ । तिव्र गतिमा हावा चल्नाले उपत्यकामा रहेको प्रदुषण्को मात्रा पनि घट्ने उनको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित मध्यम बर्षा उपत्यकामा भएको उनले बताए।

अहिले उपत्यका सँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हावाहुरी र हल्का बर्षा भएको छ । अन्य स्थानको मौसम सफा नै रहेको उनले बताए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट