Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनकपुरधामका मेयर मनोज साहलाई महामूर्ख उपाधि


यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता उपाधि प्रदान गरिएको छ ।

जनकपुरधाम । यसवर्षको महामूर्ख जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बनेका छन् ।

प्रत्येक वर्ष होलिको दिन जनबकपुरधामस्थित मिथिला नाट्यकला परिषद (मिनाप) ले एक विशिष्ट व्यक्तिलाई प्रदान गर्ने महामूर्खको उपाधि यस वर्ष मेयर साहलाई प्रदान गरेको हो ।

मिनापले मंगलबार जानकी मन्दिर परिसरमा आयोजन गरेको महामूर्ख सम्मेलन अन्तर्गत महामूर्खसहित मूर्खका उपाधि विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरुलाई प्रदान गरेको छ ।

यसवर्ष सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता उपाधि प्रदान गरिएको छ ।

महामूर्खको उपाधि पाएका मेयर साहलाई प्रशस्ति पत्र, लाटोकोसेरोको मुकुट र मालाले सुशोभित गरी सम्मान गरिएको छ ।

सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तुमाथि हाँस्यव्यंग्य कटाक्ष समेत गरेका थिए ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले २०६१ सादेखि प्रत्येक वर्ष होली पर्वको पूर्व सन्ध्यामा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट