Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसीसी प्रिमियर कपः नेपालद्वारा ओमानमाथि ८४ रनको जित


काठमाडौं, ८ वेशाख । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।


क्याटेगोरी : खेलकुद, प्रदेश, समाचार
ट्याग : #breaking, #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट