पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु

पाल्पा । पाल्पामा आज (शुक्रवार) दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ को फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका ६ यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ४८४७ नम्बरको बसले त्यही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया