Techie IT
  • ३१ वैशाख २०८१, सोमबार
Jhilko

प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछि आज सार्वजनिक बिदा


काठमाडौं। १८ फागुन । प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो।

प्रदेश सचिव उमेश बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन १८ गते बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकार ९मन्त्रिपरिषद्० बाट मिति २०७९।११।१७ मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #koshi pradesh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट