Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति सांसद खतिवडाले उठाए सदनमा प्रश्न


काठमाडौं, ५ चैत । सभामुखले दिएको अभिव्यक्तिको विषयमा सांसदमै प्रश्न उठेको छ । पत्रकारहरु बिक्रीमा छन् भन्ने सभामुखको अभिव्यक्तिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका हुन् ।

“सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रताप्रति ख्याल गरेको छ कि छैन ?,” खतिवडाले सभामुखमाथि नै प्रश्न गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै ध्यानाकर्षण गरे ।

‘पत्रकारहरुकाबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनु पर्‍यो । कुन–कुन हो पित पत्रककारिता गर्ने ?’ उनले भने, ‘यो सार्वजनिक महत्वको विषय हुन्छ सभामुखबाट उठेको विषय ।’

सभामुखको अभिव्यक्तिलाई लिएर संसदले छानबिन समिति बनाउनुपर्ने सांसद सुवालको आग्रह छ ।


क्याटेगोरी : समाचार, संसद
ट्याग : #breaking, #hot, #ramhari khatiwoda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट