Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु


सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो ।

पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट