Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

दाङमा नौ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ


दाङ, १० वैशाख । घोराहीमा नौ वर्षीया एक बालिकामाथि बलात्कार भएको छ। बलात्कार आरोपमा जिल्ला प्रहरी दाङले एक युवकलाई पक्राउ गरेको छ।

राही नगरपालिका–१ बाहुनटाढीका २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। बालिकालाई ललाई फकाई बाहुनटाढीस्थित खरबारीमा लगेर उनले बलात्कार गरेको प्रहरीले जनाएको छ।

गत बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले ती युवकलाई शनिबार पक्राउ गरेको हो।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट