Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विराटनगरका १५ वटा सहकारी संस्था खारेज


विराटनगर, ११ वैशाख । वित्तीय अवस्था चुस्त दुरुस्त नभएका र लामो समयदेखि संचालक सम्पर्कमा नआएका विराटनगर महानगरभित्रका १५ वटा सहकारीको दर्ता खारेज भएको छ । महानगपालिकाले १५ वटा सहकारीको दर्ता खारेज गर्दै ती सहकारीसँग वित्तीय कारोबार नगर्न आग्रह गरेको हो ।

लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा नगरेको तथा महानगरमा आवश्यक विवरण नबुझाएका सहकारीहरूलाई पटक पटक सम्पर्क आउन आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि दर्ता खारेज गरिएको महानगरले जनाइएको छ ।

दर्ता खारेजीमा हुनेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था, विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, वडा नं. ५ को विराट कोशेली घर सहकारी संस्था, सोही वडाकै एक्सेचेन्ज बचत तथा ऋण सहकारी संस्था, वडा नं ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्था रहेका छन् ।

यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको पनि दर्ता खारेजी भएको महानगरका प्रमुश प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।

महानगरपालिकाले विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, विराटनगर–१४ को गरिमा बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी र वडा नं १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता खारेज गरेको छ ।

ती सहकारीलाई २०७९ फागुन २२ मै लेखापरीक्षण र आवश्यक कागजातसहित सम्पर्कमा आउन महानगरले सार्वजनिक सूचनामार्फत् जानकारी गराएको थियो । तर सूचनाको वेवस्ता गर्दै सम्पर्कमा नआएपछि महानगरले उनीहरूको दर्ता खारेज गरिएको जनाएको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार, कोशी प्रदेश
ट्याग : #sahakari

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट