Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण


काठमाडौं । कोरोना भाइरस सङ्क्रमण फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो सोमवार एक सय १३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेशनमा २७ जना, सघन उप कक्ष (आईसीयू) मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।

यस्तै यही अवधिमा ६४ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट