Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अबको तीन दिन सामान्यतया मौसम सफा रहने


काठमाडौं । देशका धेरै ठाउँमा अहिले बिहानको मौसम सामान्यतया सफा छ । दिउँसोपछि भने पहाडी जिल्लामा मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

मौसमविद्को भनाई अनुसार पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम अबको तीन दिनसम्म नै सामान्यतया सफा रहने अनुमान छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कराण दिउँसोपछि भने काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ ।

यसैबीच, केही दिन अघि परेको वर्षाका कारण तुवाँलो केही हटेको छ । तर, फेरि तत्काल वर्षाको सम्भावना नरहेकाले प्रदुषण बढ्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट