Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज मनमोहन अधिकारीको स्मृति दिवस


काठमाडौं । नेकपा एमालेका संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीकोस्मृति दिवसमा आज विभिन्न कार्यक्रम हुँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाडौंमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

उनी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नु भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय थिए। ‘भारत छोड’ आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए। जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । वि.सं. २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाउँ’ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बने।

अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका लागि अहिले पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक मानिन्छ । उनको नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि चर्चा हुने गरेको छ । अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट