Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर बालकको मृत्यु, आमा बुबा घाइते


ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका(४ साँघुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएका छन् ।

घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट