Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसीसी प्रिमियर कपमा नेपालको खराव सुरुवात


काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा नेपालले खराब सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ थालेको नेपाललको खराब ब्याटिङ रहेको छ।

नेपालले ६९ रन बनाउँदा पाँच वकिेट गुमाएको छ। कुशल मल्ल ३ रन बनाएर आउट भएका छन्। यसअघि कप्तान रोहित पौडेल २७ रन बनाएर आउट भएका थिए भने ओपनर आशिफ सेखले १९, भीम सार्कीले ६, र कुशल भुर्तेल २ रन बनाएर आउट थिए।

कतारका बलर गायन मुनावीरा र ओवासिस अहमदले २–२ विकेट लिइसकेका छन् भने इक्रामुल्लाह अहमदले एक विकेट लिए। अहिले सोमपाल कामी र आरिफ शेख क्रिजमा छन्।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट