Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछाने सदनमा, चालक दिलबहादुर थापा भेन्टिलेटरमै अचेत


काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले पद तथा गोपनियताको सपथ लिएर संसद भवनमा प्रवेश गरेपछि उनका चालक दिलबहादुर थापा अझै भेन्टिलेटरमै छन्।

गत वैशाख ४ गते चितवनको भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उपचारका संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ।

‘उहाँको मस्तिष्कमा गम्भीर चोट छ। अहिले पनि भेन्टिलेटरमै हुनुहुन्छ,’ स्रोतले भन्यो। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए। सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।

१० दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी छ। घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

‘अरू कुनै कारण देखिएन,’ उनले भने। प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट