Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङको मेहेलेमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु


ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएराति चट्याङ लागेर एक जनाको निधन भएको छ ।

सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको उनका भाइ गोपाल कडरियाले जानकारी दिएका छन् ।

गएराति ९ बजे चट्याङ परेको थियो । तीन दिनअघि ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट