Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने


काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी भोलि (आइतबार) स्वदेश फर्कने भएका छन् ।

गएको फागुन ३ गते राति आफ्नै निवास काठमाडौंको बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उहाँ गम्भीर घाइते भएका थिए । उनी भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् ।

भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ । उनी उपचारपछि भोलि बेलुका काठमाडौं आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्न र हिँड्न थालेका छन् ।

आगलागीमा परि सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट