Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंसहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना


काठमाडौं । काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । हिजो बेलुका पछि पानी पर्न रोकिएको काठमाडौमा आज पनि हिजोको जस्तै पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परिरहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा दिउँसो पछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ ।

पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ । भोलि मधेस प्रदेशका एकर दुई ठाउँमा हावाहुरी चल्ने अनुमानसमेत रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट