Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अरुण नदी थुनिएपछि किनारका बासिन्दालाई सचेत रहन अनुरोध


संखुवासभा, १७ वैशाख । सुख्खा पहिरोले अरुण नदी थुनिएपछि नदी किनारका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले अनुरोध गरेको छ। पानीको सतह घटेको नदीमा माछा मार्न जानेको सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो।

पानीको सतह घटेसँगै माछा मार्न मानिस खोलामा गएको बेला ठूलो मात्रामा पानी आए दुर्घटना हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । अरुण नदीलाई फ्याक्सिन्दा दोभानस्थित जलाशय (ड्याम)मा पठाएपछि त्यस भन्दा तलको क्षेत्रमा पानीको मात्रा घटेको छ।

अरुण तेस्रो जलविद्युत परियोजनाको डाइभर्सन सुरुङको प्रवेश क्षेत्रमा सुख्खा पहिरो गएपछि ड्याममा पानी हालिएको आयोजनाका वरिष्ठ निर्देशक रमेशचन्द्र सुलेरीयाले जानकारी दिए ।

अरुण तेस्रो परियोजनाले ड्याममा पठाएको पानी भरिएर जुनसुकै समयमा पुरानै मात्रामा बग्ने भएकाले अरुण नदीको किनार क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट