Techie IT
  • ८ जेठ २०८१, मंगलबार
Jhilko

प्रधानमन्त्री र अर्थमन्त्रीसँग कृषिमन्त्री भुसालको गुनासो


काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग गुनासो गरेका छन् । उनले कृषि क्षेत्रलाई प्रधानमन्त्री र अर्थ मन्त्री दुवैले चासो नदिएको बताउँदै गुनासो गरेका  हुन् ।

आइतवार काठमाडौंमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो कुरा बताउएका हुन् । उनले आउँदो आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए । उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे पनि अर्थतन्त्र सङ्कटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए ।

मन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको गुनासो गरे । उनले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनु पर्ने बताए ।

उनले भने, ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । कृषिको बजेट नकाटौँ न भनेको के गर्नु खोइ, यस्तै हो भने, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनु भएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन । पहिलो कुरा सिँचाइको व्यवस्था गर्नु पर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नु पर्नेछ । १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ ।’

 


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट