Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुकुम पूर्वमा अवैध अफिम खेती नष्ट


काठमाण्डौं, १८ वैशाख । रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताए

जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भन्ने सूचना प्राप्त भएकाले नष्ट गर्ने प्रहरी निरीक्षक खत्रीले बताए ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट