Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पहिरो पन्छाउन नेपाली सेना परिचालन


धादिङ, १९ वैशाख । धादिङको धुनीबेंसी नगरपालिका–६ गणेश खोलामा सोमवार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ ।

उक्त स्थानमा आएको पहिरोका कारण सोमवार अपराह्नदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इन्जिनीयर्स टोलीले तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ ।

सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करीब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुंगा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

अवरुद्ध सडक खुलाउन मंगलवार बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #road

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट