Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणः डाक्टर सुजन ढकाल पक्राउ


काठमाडौं, १९ वैशाख । वीर अस्पतालकी नर्स मृत फेला परेको घटनामा प्रहरीले उनका प्रेमी भनिएका चिकित्सक (डाक्टर) लाई पक्राउ गरेको छ। मृत फेला परेकी नर्स अनुमा श्रेष्ठको परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रहरीले प्रेमीसमेत रहेका डाक्टर सुजन ढकाललाई पक्राउ गरेको हो।

कोशी अस्पतालमा कार्यरत डाक्टर सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त बालाजुले ढकाललाई नियन्त्रणमा लिएर दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुमा शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा मृत फेला परेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा विवाह गर्न नमानेको भन्दै सुजनकी प्रेमिका तथा नर्स अनुमाले ढकालको घरमा गएर आत्महत्या गरेकी खुलेको थियो।

मृतक अनुमा वीर अस्वतालमा कार्यरत थिइन्। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका थिए। प्रहरीका अनुसार सुजनको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी अनुमाको सुसाइड नोट समेत भेटिएको थियो।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट