Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दार्चुलाको हिमपहिरोमा ५ जना अझै बेपत्ता


धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा फसेका पाँच जना अझै बेपत्ता रहेका छन् ।

चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा नआएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले जानकारी दिइन् ।

ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट