Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु


संखुवासभा, २० वैशाख । निमार्णाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा अडिट २ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

सिलिचोङ गाउँपालिका –५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

गएराति मकालु गाउँपालिका –५ आमाराङ स्थित अडिट २ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ–५ राई गम्भीर घाइते भएका थिए। ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा बुधबार बिहान ५ बजेजिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको प्रहरी निरीक्षक खनालले बताए। सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुर घाइते भएको प्रहरीले जनाएको छ। भारतको आसाम गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीय साइमुदिन अली घाइते भएका हुन्।

घाइते वलिताको दाहिने खुट्टा र घुडामा चोट लागेको छ। भने अर्को घाइते अलीको खुट्टा र हातमा चोट लागेको छ। घाइतेको संखुवासभा जिल्ला अस्पतालमा उपचार पछि फर्किएका छन्। अरुण आयोजना स्थलमा अहिलेसम्म २ दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन्। अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्।

निरन्तर २४ सै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्न अवस्था छ। आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख छ। तर आजसम्म स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन्।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट