Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ


काठमाण्डौं, २० वैशाख । प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा पाण्डे पनि जोडिएपछि पक्राउ गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । उनलाई सामान्य सोधपुछका लागि पक्राउ गरिएको ज्ञवालीले बताए ।

पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयका सचिव हुन् भने उनी यसअघि गृह मन्त्रालयको समेत सचिव भइसकेका छन् । पाण्डेलाई पक्राउ गर्न प्रहरीले हिजो मङ्गलवार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको अनुमान छ । यसै घटनामा प्रहरीले अस्ति पूर्वगृहमन्त्री इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट