Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काँकडभिट्टा नाकाबाट नौ महिनामा १७ करोड रुपैयाँ बराबरको बन्दाकोभी भारत निर्यात


झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोड रुपैयाँभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।

गएको वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर १७ करोड ६८ लाख ६८ हजार रुपैयाँ बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वरेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म यस नाकाबाट १६ अर्ब १९ करोड १७ लाख ३१ हजार रुपैयाँ बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए । त्यही अवधिमा काँकडभिट्टा नाका भएर नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुनेमा अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट