Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

करेन्ट लागेर दाङमा एक शिक्षकको मृत्यु


दाङ, २१ वैशाख । तुलसीपुरमा विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगङ्गा १२ घर भई हाल क्यु डाई कन्सलटेन्सी प्रालीमा पढाउने शिक्षक २८ वर्षीय महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

करेन्ट लागि गम्भीर घाइते भएका बिकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको भएयता पनि बुधबार साँझ ७ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए।

साँझ करिब साढे ६ बजेतिर तुलसीपुर ५ स्थित विद्युत कार्यालय नजिकै कन्सलटेन्सीमा जापानिज भाषाको पुरानो विज्ञापन बोर्ड हटाई नयाँ बोर्ड राख्ने क्रममा उक्त बोर्डको फलामले बिद्युत्को पोलको तारमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ।

यस्तै करेन्ट लागेर सोही कन्सल्टेन्सीको विद्यार्थी रूकुम पूर्व भुमे गाउँपालिका ४ बस्ने १८ वर्षीय मनिता बिक र जिल्ला रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका घर भई बोर्ड परिवर्तनका लागि सहयोगीका रुपमा आएको १६ वर्षीय अर्जुन कर्तेल रहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसार मनिताको बायाँ हातको पञ्जा र दाहिने हातको कुनामा करेन्ट लागेको हुँदा अवस्था गम्भिर रहेको र अर्जुनको दाहिने हातको कुनामा करेन्ट लागेको अवस्था मध्यम रहेको रहेको छ। दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके कोहलपुर रिफर गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

 


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट