Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मेरो कुनै संलग्नता छैन, अनुसन्धान प्रक्रियालाई सहयोग गर्छु: प्रतिक थापा


काठमाडौं, २१ वैशाख । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

विज्ञप्ति जारी गर्दै उनले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गरेका हुन्।

उनले लेखेका छन्, ‘अनुसन्धान प्रक्रियालाई म सघाउनेछु। संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट