Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सङ्खुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जना घाइते


सङ्खुवासभा, २२ बैशाख  । संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा पाँच जना सवार थिए । उनीहरु घाइते अवस्थामा रहेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेलिकप्टर भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको थियो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनास्थल सवारी साधन पुग्ने स्थान गोला बजारबाट दुई घण्टाको पैदल दूरीमा पर्छ ।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट