Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ढाकाबाट काठमाडौं उडेको जहाज पटनामा आकस्मिक अवतरण


काठमाडौं । बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो ।

यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाडौं पठाइएको खबरमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट