Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६२ जनामा झरेको छ । अहिले १२ जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार छ सय नौ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट