Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु


इलाम । इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको । सूर्योदय नगरपालिका–१० फिक्कलमा हिजो बेलुका ढिस्कोले पुरिएर चार जना भारतीय नागरिकको मृत्यु भएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा झरेको ढिस्कोले बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट