Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रूकुम पूर्वमा परीक्षार्थी चढेको जीप दुर्घटना, १२ जना घाइते


काठमाडौं, २४ वैशाख । रूकुम पूर्वको भुमे गाउँपालिका चुन्वाङ्गबाट महत जाँदै गरेको जीप सिम खोलामा दुर्घटना भएको छ। दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले पुष्टि गरेको छ।

दुर्घटनामा महत माविका कक्षा १२ को परीक्षा दिन जाँदै गरेका विद्यार्थीहरू घाइते भएको जनाइएको छ। घाइतेहरूको जिल्ला अस्पताल रूकुमकोटमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #jeep accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट