Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

परराष्ट्र मन्त्रालयका नायब सुब्बा अनुप भण्डारी बेगनास तालमा मृत फेला


पोखरा, २५ वैशाख । परराष्ट्र मन्त्रालयअन्तर्गत कार्यरत नायब सुब्बा अनुप भण्डारी मृत भेटिएका छन् ।

सोमबार बिहान पोखरा–३१ स्थित बेगनास तालमा मृत भेटिएका भण्डारी मन्त्रालय मातहतको राहदानी विभागको गुणस्तर जाँच तथा प्याकिङ इकाइमा कार्यरत थिए । घटनास्थलको प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय शिशुवा प्रमुख डीएसपी प्रकाश दाहालले घटनास्थल शंकास्पद नदेखिएको बताए । ‘प्रारम्भिक रूपमा हेर्दा घटना शंकास्पद देखिँदैन । शव पोस्टमार्टमा पठाएकाले त्यसपछि के हो थाहा होला,’ उनले भने, ‘किन आउनुभयो । पारिवारिक अवस्था के हो सबै अनुसन्धान गर्दै छौं ।’

तालको छेउमा भण्डारीको झोला भेटिएको छ । त्यसमा ११ हजार रूपैयाँ, चकेलट, औषधि र इनर्जी ड्रिङ्क्स भेटिएको डीएसपी दाहालले जानकारी दिए । उदयपुर घर भएका ३१ वर्षीय भण्डारीको शव तालको बस पार्कभन्दा चार सय मिटर टाढा तैरिरहेको भेटिएको थियो । घटनास्थल नजिकै इनर्जी ड्रिङ्क्सका चार वटा बोतल, छाता र चप्पललगायत सामान भेटिएको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कंडेलले जानकारी दिए । ‘तालको छेउमा चार वटा जुसको बोतल भेटिएको थियो । एउटा खाली र बाँकी तीन वटा खाएको थिएन,’ उनले भने, ‘छाता र चप्पल पनि थियो ।’

भण्डारी अविवाहित रहेको जानकारी आएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उदयपुर घर भएका भण्डारीको परिवारलाई प्रहरीले खबर गरिसकेको छ । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

सोमबार बिहान साढे ८ बजेतिर शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय शिशुवाका भगवानराज थापाको नेतृत्वमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो ।

 


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट