Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कक्षा बाह्रको परीक्षा सुरु


काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । आज बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुने गरी यो वर्ष कक्षा बाह्रको परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार यस वर्षको परीक्षामा ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् ।

जेठ ५ गतेसम्म चल्ने यो परीक्षाका लागि १, ४५३ परीक्षा केन्द्रहरू तोकिएका छन् ।

१७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परीक्षा सञ्चालन सफल बनाउन परपरिचालन भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट