Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केन्द्रीय समितिमा लान सचिव रायमाझी कारबाही प्रस्ताव एमाले सचिवालय बैठकमा पारित नगरिने


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्ने बैठकमा नकली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका सचिव टोप बहादुर रायमाझी कारबाही प्रस्ताव केन्द्रीय समितिमा लान प्रस्तुत नहुने भएको छ ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालय बैठक बस्ने भएको छ ।

सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ ।

पार्टी कार्यकर्ता तथा नेताहरूले रायमाझीलाई कारबाही गर्नुपर्ने माग उठाएपनि तत्काल यसबारे यो केन्द्रीय समितिको प्रस्ताव नबनाउने पार्टी निकट नेताहरूले बताएका छन् ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको हो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षा लगायतका विषयमा एजेन्डाहरू तय गर्न सचिवालय बैठकमा तय हुने नेताहरूले बताएका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट