Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राप्रपा प्रवक्ता श्रेष्ठलाई मातृशोक


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ ।

ललितपुरको अल्का अस्पतालमा उपचारार्थ भर्ना गरिएकी श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको मंगलबार उपचारको क्रममा निधन भएको हो ।

मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित ८१ वर्षीया दिलमायाको केही समयदेखि सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।

दिलमायाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर काजकिरीया भने गोरखाको बोर्लाङमा गरिने पारिवारजनले जनाएका छन् ।

स्वर्गीय दिलमायाका श्रीमानसहित एक छोरा (मोहन श्रेष्ठ) र एक छोरी छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट