Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मितव्ययिता अपनाए पनि सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने अर्थमन्त्री डा. महतको प्रष्टोक्ति


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने प्रष्ट पारेका छन् ।

राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए ।

सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेको औँल्याउँदै अर्थमन्त्री महतले प्रतिवद्धता गरिएका सामाजिक सुरक्षाका विषय कटौती नहुने बताए । उनले भने, “हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।”

सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताउँदै उनले सरकारको ध्यान अनावश्यक संरचना घटाइ पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुने बताए ।

त्यसक्रममा उनले अर्थतन्त्रका समस्या समाधान गर्ने विषयमा पनि पहल गरिने सदनलाई विश्वास दिलाएका थिए ।

 


क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट