Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लोकल मदिराको ब्रान्डिङ र गाँजा खेती प्रर्वद्धन गर्न संसदमा माग


काठमाडौं । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले आगामी बजेटमा लोकल रक्सी र गाँजाखेतीलाई प्रर्वद्धन गर्नेगरी बजेट ल्याउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी बजेट तयारीबारे भएको छलफलमा बोल्दै सांसद घिमिरेले यस्तो माग गरेका हुन् ।

विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको विषयमा भइरहेको छलफलमा सांसद घिमिरेले आगामी आर्थिक वर्षका लागि यथार्थ, वस्तुपरक र वैज्ञानिक खालको नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।

मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दर रेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गरी आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि बजेट ल्याउनुपर्ने उनले भने ।

नेपालको वातावरण, वन पैदावरबाट आर्थिक समृद्धि हासिल गर्ने क्षेत्र रहेको उनले बताउँदै उनले विदेशी मदिराको आयातमा रोक लगाई स्वदेशी मदिरालाई ब्रान्डिङ गरी विदेशी बजारमा पुर्याउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

साथै उनले गाँजा खेतीलाई प्रोत्साहन गर्ने बजेट ल्याउन पनि आग्रह गरे । विश्वका कतिपय मुलुकले अभ्यास थालिसकेको गाँज खेतीलाई वैधानिकता दिने काम गरेका छन् । नेपालमा पनि त्यसको सुरुवात हुन आवश्यक भएको सांसद घिमिरेले बताए ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट