Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिने खतरा रहेको अर्थमन्त्री डा. महतको भनाइ


काठमाडौं । आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिने खतरा रहेको एकथरी अर्थविज्ञहरूलाई जवाफ फर्काएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेता डा. स्वर्णिम वाग्लेले संसदमा अर्थतन्त्र शल्यक्रिया गर्नुपर्ने अवस्थमा पुगेको भनी दिएको सुझाउको जवाफ दिँदै डा. महतले एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र झन्ै बिग्रिने खतरा रहेको बताए ।

देशमा वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी रहेको छ । अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्न सके विदेशी लगानी विस्तार हुनेछ । विदेशी लगानीहरू पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

उनले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने भएकाले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए।

संसदमा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अप्ठ्यारो हुने डा. महतले बताए ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट