Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शीर्ष नेताको भेटवार्ता कसैलाई जोगाउन होइन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार नेताहरूबीच झन्डै दुई घण्टा छलफल भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्थामा भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

सुरुमा प्रचण्ड, देउवा र ओलीबीच मात्रै छलफल भएकोमा पछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी भएका थिए । दलका प्रभावशाली नेताहरू नै नक्कली शरणार्थी काण्डमा पक्राउ पर्न थालेपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरूबीच भेटवार्ता हुने गरेको आरोप लागेको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने शीर्ष नेताबीच पछिल्ला भेटघाटबारे भ्रम फैलिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले आफूहरूको भेटवार्ता संसद् सञ्चालनमा केन्द्रित रहेको दाबी गर्नुभयो । सञ्चारमाध्यममा आएजस्तो कसैलाई जोगाउन भेटवार्ता नभएको बरु सदनलाई कसरी प्रभावकारी बनाउने, समितिहरू गठन गर्ने लगायतका विषयमा छलफल भएको उनको भनाइ छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिइएको प्रधानमन्त्री प्रचण्डले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट