Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ठेक्का तोडी अलपत्र पारिएका र आकस्मिकरूपमा पूरा गर्नुपर्ने काम सरकारी कम्पनीलाई दिन प्रस्ताव


काठमाडौं । सरकारले ठेक्का तोडिएर अलपत्र परेका काम र विशेष परिस्थितिमा गर्नुपर्ने खरिद सोझै सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई जिम्मा दिन सकिने गरी कानुन प्रस्ताव गरेको छ ।

सरकारले २०७६ असार २५ गते आफ्नै स्वामित्व रहने गरी यो कम्पनी स्थापना गरेको थियो । नयाँ कम्पनीले सुरुमै प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सरकारले बिना प्रतिस्पर्धा ठेक्का लगाउन सक्ने गरी सार्वजनिक खरिद ऐन–२०६३ संशोधन गर्न प्रस्ताव गरेको हो ।

खरिद ऐन २०६३ लाई संशोधन गर्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदमा सार्वजनिक निकायसँग खरिद सम्झौता गर्नेले सम्झौता बमोजिम काम सुरु नगरेमा, काम सुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा ठेक्का तोडे सरकारी कम्पनीलाई काम दिन सकिने प्रस्ताव गरिएको छ ।

सम्झौता अन्त्य भएकोमा त्यस्तो सम्झौता बमोजिमको बाँकी रहेको काममध्ये तोकिएको रकमसम्मको काम सम्बन्धित सार्वजनिक निकायको प्रमुखले कार्यान्वयन गर्ने सुनिश्चितता गरी पूर्वाधार कम्पनी मार्फत गराउन सक्नेछ ’ भनस् विधेयकमा प्रस्ताव छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट